कोरोनाका संक्रमण : थपिनेभन्दा संक्रमण जित्ने धेरै
५ हजार २९२ जना कोरोना संक्रमित थपिँदा ८ हजार १९१ जना संक्रमणमुक्त

नेपालमा विगत २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी जम्मा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यसैगरी उक्त अवधिमा कोरोना संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । उक्त अवधिमा ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकमा ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
विगत २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७२२ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ३६१ जना, ललितपुर जिल्लामा २७१ जना र भक्तपुर जिल्लामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
परीक्षणका आधारमा संक्रमण दर सोमवार ३२ दशमलव ३५ प्रतिशत छ भने सात दिनको औसत संक्रमण दर भने ३५ दशमलव ९९ प्रतिशत रहेको छ ।