No Image Headlineदेश

आजको माैसम : तराईमा हुस्सु र कुहिरो, केही स्थानमा हिमपातको सम्भावना

आज पनि देशका केही भू(भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हो ।

प्रदेश–१, प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा आंशिक बदली रहनेछ । आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ । केही दिनयताको लगातारको हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित भएको छ ।

महाशाखाका अनुसार हाल पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button