अन्तराष्ट्रिय

विश्वभर २४ घण्टामा २१ लाखले जिते कोरोना, सङ्क्रमणमुक्त हुने दर बढ्दै

Thrill Factory
Rungta Group

विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुने दर बढ्दै गएको छ। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २१ लाख ३ हजार सङ्क्रमित निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

जसअनुसार विश्वभर कोरोना मुक्त हुनेको सङ्ख्या २९ करोड ४४ लाख पुगेको छ। यस्तै २४ घण्टामा २५ लाख ९ जना नयाँ सङ्क्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड २ लाख नाघेको छ।

यस्तै ७ हजार ५ सय जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ७५ हजारभन्दा धेरै छ। अझै पनि ७ करोड २७ लाख सक्रिय सङ्क्रमित रहेका र त्यसमध्ये ९४ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले जनाएको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ७ करोड ५४ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ५८ लाख निको भएका छन्। ९ लाख ६ हजारको भने मृत्यु भएको छ।

अमेरिकामा अझै पनि २ करोड ८६ लाख सक्रिय सङ्क्रमित रहेकामा २३ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

चार करोड १० लाखमा सङ्क्रमण पुष्टि भएको भारतमा भने ३ करोड ८६ लाख निको भएका छन्। ४ लाख ९४ हजारको मृत्यु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button