कला/साहित्य

गायक सद्दाम हुसेनको ‘ब्याक पे एटैक’ रिलिज

वीरगञ्जका चर्चित गायक सद्दाम हुसेनको भोजपुरी म्यूजिक भिडियो ब्याक पे एटैक रिलिज भएको छ ।

द सदाम हुसैन प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो यू ट्यूब च्यानलमा रिलिज गरिएको हो ।

वीरगञ्जमा छयांनक भएको ब्याक पे एटैक गितको शब्द र सङ्गीत बलराम मिश्रको रहेको छ भने स्वर सदाम हुसेनको रहेको छ । यस म्यूजिक भिडियोमा अभिनय टिक टकका चर्चित कलाकार बिटु दास, सोमिया पोखरेल र प्रभात यादवको रहेको छ ।

म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टक स्टार सोमिया पोखरेलले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन ।

उनले अगामी दिनमा भोजपुरी म्यूजिक भिडियोको माध्यमले माया बटुल्न कोसिस गरिरहेको बताइन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button