
स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित पाँच दलीय सत्ता गठबन्धनको बैठकमा सहमति पुग्न सकेन ।



आज बिहान बसेको बैठकले सहमति पहिल्याउन नसकेको हो ।



निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धन सहमति जुट्न सकेका छैनन् ।



प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो।