अन्तराष्ट्रिय

युद्धकाे त्रास नफैलाउन पश्चिमा देशहरूलाई युक्रेनी राष्ट्रपतिको अपिल

Thrill Factory
Rungta Group

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिलाई लिएर युद्धको त्रास नफैलाउन पश्चिमी देशहरूलाई अपिल गरेका छन् ।

जुनसुकै बेलामा पनि आक्रमण हुन सक्छजस्ता चेतावनीले युक्रेनको अर्थतन्त्रलाई नराम्ररी असर गरिरहेको उनको भनाइ छ । यसअघि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए ।

अर्कोतर्फ रुसले पनि निरन्तर यही कुरा गरिरहेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको बारम्बार बताउँदै आएको छ ।

शुक्रबार रुसका विदेशमन्त्रीले मस्कोले युद्ध नचाहेको बताए । हाल युक्रेन र रुसको सीमामा करिब एक लाख सैनिक तैनाथ छन् ।

जसले गर्दा अमेरिका र पश्चिमी देशले लगातार युद्धको चेतावनी दिइरहेका छन् । उही समयमा, युक्रेनका राष्ट्रपतिले आफ्नो भर्खरैको वक्तव्यमा सेनाको यो तैनाथीलाई पछिल्लो पटकभन्दा ठूलो खतराको रूपमा नदेखेको बताएका छन् ।

सम्बोधनमा उनले देशभित्रको यस्तो त्रास र अस्थिरताको अवस्था देशका लागि सबैभन्दा ठूलो खतरा भएको बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई युक्रेनलाई कहिल्यै पनि नाटोको सदस्य बन्न नदिन र नेटो गठबन्धनले पूर्वी युरोपमा आफ्ना सबै सैन्य गतिविधि त्याग्न आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button