माघ मसान्तसम्म पठनपाठन बन्द, खोप लगाउन आजदेखि विद्यालय खुल्ने

सरकारले माघ मसान्तसम्म विद्यालयमा पठनपाठन बन्द रहने भएको छ ।



कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ ।



खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । यसअघि सरकारले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।



विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो ।
पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाउन छुटेका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ ।