खबर फटाफटदेश

आजदेखि मौसम सुधारिने, तत्काल पानी पर्ने सम्भावना छैन

Thrill Factory
Rungta Group

केही दिनयता धुम्मिएको मौसम आजदेखि केही सुधार हुने मौसमविद्ले बताएका छन् ।

न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उनको भनाइ छ।

काठमाण्डौसहित देशका धेरै ठाउँमा आज, हिजो अस्तिको तुलनामा अलि बढी समय घाम लाग्नेछ । तराईमा हुस्सु र कुहिरो कायमै छ । तर केही क्षेत्रमा हुस्सु कुहिरो पनि बिस्तारै हटेर दिउँसो घाम लाग्ने मौसमविद् पौडेलले बताए ।

केही दिनयता राम्ररी घाम नलाग्दा देशभरको मौसम धुम्मिएकाले चिसो बढेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button