No Image Headlineदेशमुख्य खबर

सार्वजनकि सवारीमा जोर बिजोर हट्यो : यी काम गर्न पाइँदैन

निजी सवारी र ट्याक्सीमा जोर बिजोर कायमै

काठमाडौं उपत्यकामामा सार्वजनिक सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटेको छ । शनिबारदेखि जोर बिजोर प्रणाली हटेको हो ।

सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन् ।

शुक्रबार नै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो।

बैठकले विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नदिने निर्णय गरेको छ।

सबै प्रकारका आमसभा, सभा, भेला, मेलालगायतका बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आदेश गरिए पनि पूर्वनिर्धारित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको हकमा भने दर्शकविहिन वा सीमित दर्शक राखी सञ्चालन गर्न सकिने छ।

बैठकले व्यापार व्यवसाय सञ्चालनको हकमा भने अग्रपङ्क्ति काउन्टरमा काम गर्नेले हप्ताको २ पटक एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ।

लामो दुरीमा यात्रा गर्ने यात्रुहरुको हकमा सकेसम्म एन्टिजेन परीक्षण गराउने, बाटोमा यात्रु नचढाउने गरी यात्रुको विवरण डिसिसिएमसीलाई बुझाउनुपर्ने निर्णय भएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button