No Image Headlineदेशमुख्य खबर

कोरोना कहर : थपिए ६८२७ संक्रमित, १० को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७९१ जनाको पीसीआर परीक्षणमा ४८०७ र ६ हजार ७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०२० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। सो अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५४३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button