अर्थखबर फटाफट

अवैध उत्खनन गरेको बालुवा लोड भएका २१ वटा ट्रयाक्टर नियन्त्रणमा

वीरगञ्जमा अवैध उत्खखन गरिएको बालुवा लोड भएका २१ ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शुत्रबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं ३२ स्थित भेडाहा खोलाबाट अवैधरूपमा बालुवा उत्खनन् गरी बिक्रीबितरण गर्ने उद्देश्यले ल्याइएको बालुवासहित ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज नगवामा खटिएको प्रहरीले ती ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो । ट्रयाक्टरहरूलाई चालकसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि शुक्रबार नै वीरगञ्ज महानगरपालिकाको कार्यालयमा पठाइएको खनालले बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button