
वीरगञ्ज ड्रिम्स अप्टिकल सप्लायर्सले वीरगञ्जको आदर्शनगरमा आफ्नो कक्ष सञ्चालनमा ल्याएको छ ।
शुक्रबार वीरगञ्जको मुख्य बजार आदर्शनगरस्थित रुंगटा मार्केटमा बिक्री कक्षको उद्घाटन गरिएको हो ।


विगत ७ वर्षदेखि विभिन्न ब्राण्डका चस्माको आयात तथा थोक बिक्री गर्दै आएकोमा अहिले खुद्रा बिक्री थालेको ड्रिम्स अप्टिकलका प्रबन्ध निर्देशक चन्दनकुमार पटेलले जानकारी दिए ।
वीरगञ्जका ग्राहकलाई सुपथ मूल्यमा ब्राण्डेड चस्मा उपलब्ध गराउने उद्देश्यले यो बिक्री कक्ष विस्तार गरिएको प्रबन्ध निर्देशक पटेललले बताए ।
काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा पहिलो बिक्री कक्ष खोलेको ड्रिम्स अप्टिकलले वीरगञ्जका चस्मा पारखीलाई लक्षित गरी यो बिक्री कक्ष विस्तार गरेको हो ।
वीरगञ्ज बिक्री कक्षमा सबै खालका विश्वस्तरीय ब्राण्डका चस्मासँगै पावरसहितका चस्मा पनि बनाइने पटेलले बताए ।