भर्खरै सार्वजनिक भएको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा नेपालको जनसङ्ख्या वृद्धिदर एक दशकमा झन्डै ३१ प्रतिशतले घटेको देखिएको छ।
एक प्रतिशतभन्दा कम वृद्धिदरलाई सरकारी अधिकारी तथा विज्ञहरूले स्वाभाविकको सङ्ज्ञा दिएका छन्। तथापि त्यसले तत्काल र दीर्घकालका लागि चेतावनी दिएको उनीहरूको भनाइ छ।
एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १ ३५ प्रतिशत थियो। अहिले त्यो ०९३ मा झरेको २०७८ सालको जनगणनाले देखाएको छ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी यस्तो देखिनु नेपालमा जन्मदर साँच्चिकै घट्दो क्रममा भएको सङ्केत मान्छन्।
पहिले एकजना महिलाले आफ्नो जीवनकालमा चारपाँच सन्तान जन्माउँथिन् भने अहिले त्यो दुई हारहारीमा झरेको छ, उनले भने।
तर अधिकारीहरू विगत धेरै वर्षदेखि देखिन थालेको यस क्रमलाई हेर्दा जनसङ्ख्या तत्काल बढे पनि भविष्यमा स्थिर रहनेुभन्दै धेरै चिन्तित हुनु नपर्ने ठान्छन्।
नेपालमा २०६८ सालको जनगणनामा पनि त्यसअघिको भन्दा ० ९० प्रतिशतले वृद्धिदर घटेको थियो।
त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक योगेन्द्रबहादुर गुरुङका अनुसार घट्दो वृद्धिदरका कारणमा सुधारिएको सामाजिक(आर्थिक अवस्था र चेतनास्तर छन्।
ूअहिले मानिसहरू एकल परिवारतर्फ ढल्कनुका साथै सहरमुखी भइरहेका छन्, प्रा गुरुङ भन्छन्।
गाउँमै बस्दा समेत राम्रा सेवासुविधा लिने र सन्तानलाई राम्ररी पढाउने, राम्रो स्वास्थ्यसेवा दिन खोज्ने प्रवृत्ति देखिनुले मानिसहरूले त्यो सुविधा पुर्याउन सक्नेगरी कम सन्तान जन्माउन थालेको देखिन्छ।
स्वास्थ्यसेवामा गरिएको सुधारसँगै बालमृत्युदर निकै घटेकाले दम्पतीहरूले जन्मने सबै सन्तान रोगका कारण ज्यान गुमाउँदैनन् भन्ने सुनिश्चित हुन थालेको विज्ञहरू ठान्छन्।
तर समाजशास्त्री गणेश गुरुङ ठूलो सङ्ख्यामा युवायुवती लामो समयसम्म विदेशमा रहने गरेका कारण जन्मान्तर बढ्नु यस्तो वृद्धिदर घट्नुको एउटा प्रमुख कारण मान्छन्।
नेपालमा गर्भनिरोधक सामग्रीको प्रयोग ह्वात्तै बढेको देखिँदैन। जन्मान्तर बढ्नुको एउटा ठूलो कारण बच्चा जन्माउने समयमा श्रीमान्श्रीमती सँगै रहन नपाउनु हो, उनले भने।
ढिलो विवाह गर्ने प्रवृत्ति पनि बढेकाले त्यसको सम्बन्ध जन्मदर र जनसङ्ख्या वृद्धिदरसँग भएको विज्ञहरूको मत छ। जनगणनाले देखाएको तथ्याङ्कबाट तत्काल चिन्तित भइहाल्नुपर्ने अवस्था नआएको प्रा योगेन्द्रबहादुर गुरुङ ठान्छन्।
पछिल्लो श्रमशक्ति सर्वेक्षणले १५ देखि ६४ वर्षसम्मका सक्रिय मानिसको भाग झन्डै ४० प्रतिशत देखाएको अवस्थालाई देखाउँदै जनसङ्ख्या घटेको जसरी आत्तिनु नपर्ने विज्ञहरूको मत पाइन्छ।
ूयसअघि बढेको जनसङ्ख्या यहीँ छ। यस जनगणनाले त्यो सक्रिय उमेर समूहका मानिसहरू थोरै अझै बढ्नेछन्। सक्रिय जनशक्ति बढ्ने क्रम भने अब सुस्त हुने भएकाले उक्त उमेर समूहबाट समयमै लाभ लिने सरकारी नीति हुनुपर्ने विश्लेषण सुरु भएको छ।
समाजशास्त्री गणेश गुरुङका अनुसार धेरै सङ्ख्यामा रहेको उक्त सक्रिय उमेर समूहबाट ूसमयमै जनसाङ्ख्यिक लाभ नलिईकन विदेश मात्र पठाइरहँदाु आगामी दशकमा त्यसको असर देखिनेछ। समयमै विकास गर्न सकेनौँ भने अबको दुई(तीन दशकमा वृद्ध मानिस धेरै, युवाशक्ति कम हुनेछन्।