No Image Headlineअर्थ

१५१ अंकले घटेको शेयर बजारको आगामी साताको यात्रा कस्तो होला ?

केही समय निरन्तर बढेको शेयर बजार यस साताको ५ कारोबार दिनमा ४ दिन दिन घट्यो भने १ दिन बढ्यो।

साताको पहिलो दिन आइतबारबाट निरन्तर घटेको बजार अन्तिम दिन बिहीबार झिनो अंकले बढेको हो। समग्रमा साताभरि बजार १५१ अंकले घटेको छ।

अघिल्लो साता २८३१.३४ मा बन्द भएको शेयर बजार यो साता २७७९.९८ मा पुगेर बन्द भएको छ। पछिल्लोपटक बजार  २२६० को न्यून विन्दुबाट लगभग २९८३ को विन्दुसम्म पुगेर हाल केही करेक्सन भएको हो ।

यो साताभरि २८ अर्ब ६९ करोड ७८ लाख कारोबार भएको छ। गत साता ३७ अर्ब ३७ करोड भएको थियो। गत साताको तुलनामा यस साताको कारोबार रकममा ७ अर्ब ६७ करोड ८८ लाख कमी हो।

समग्रमा यो साता नेप्सेमा कारोबार र भोलुम दुवैमा गिरावट आएको छ।

अर्कोतर्फ अहिले नेप्से र सेबोन दुवैतिर नेतृत्वविहीन छ। सेबोनभित्रैकै अधिकारी र ब्रोकरहरुका अनुसार अबको दुई साताभित्र बोर्डले नयाँ नेतृत्व पाउन सक्ने देखिन्छ। यदि सेबोन र नेप्सेमा नयाँ नेतृत्व आएमा बजारमा एकपटक पुनः उछाल आउने सम्भावना छ।

अब सेबोनमा आउने नयाँ अध्यक्षको मुख्य जिम्मेवारी भनेको बजार विकास र विस्तार नै हो। यसो भएमा पनि बजार सकारात्मक ढंगले अगाडि बढ्ने सम्भावना छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button