No Image Headlineअर्थ
निजीक्षेत्रको लगानी प्रवद्र्धनमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरिरहेकोे बताएका छन् ।
सप्तरी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले निजी क्षेत्रको लगानीबिना प्रदेशको विकास सम्भव नरहेकाले लगानी भित्र्याउन प्रदेश सरकार प्रयासरत रहेको बताएका हुन् ।
कार्यक्रममा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले निजी क्षेत्रको लगानी आकर्षित गर्न मधेश सरकारले छिट्टै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएका थिए ।
कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष लालुप्रसाद अग्रवाल, निवर्तमान अध्यक्ष अरुण प्रधानसहितले उद्योगी व्यवसायीका विविध समस्याहरूबारे मुख्यमन्त्रीलाई अवगत् गराएका थिए ।