देशमुख्य खबर

२४ घण्टामा ८ हजार १७ संक्रमित थपिए, एकैदिन १५ जनाको मृत्यु

Thrill Factory
Rungta Group

नेपालमा विगत २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा १५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा ५ हजार २९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।  हालसम्म मुलुकमा कोरोना संक्रमितको संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।  मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ  ।

हाल मुलुकभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ८८ हजार ६४२ जना होम आईसोलेशनमा र १ हजार ९३४ जना संस्थागत आईसोलेशनमा रहेका छन् । त्यस्तै २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा २ हजार४०२जना, ललितपुर जिल्लामा ५२१जना र भक्तपुर जिल्लामा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button