No Image Headlineदेश
आज यी दुई प्रदेशमा हुँदैछ वर्षा, हिमपातको सम्भावना कायमै
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभरको मौसम बदली रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले बुधबार बिहान जारी गरेको मौसमी विवरणअनुसार आज बिहान हाल सुदूरपश्चिम र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भएको छ।