कला/साहित्य

नीलको संगीतमा हिन्दी गीत

Thrill Factory
Rungta Group

संगीतकार नील शाक्यको संगीत तथा मनीषा पोखरेलको स्वरमा हिन्दी गीत तयार भएको छ।

दिल से दिल बोलको गीतमा प्रकाशदीप श्रेष्ठको शब्द रचना रहेको छ भने जीवित जल्मीले संगीत संयोजन गरेका छन्।

नेपालभाषाको पहिलो म्युजिक भिडियो लुमंका च्वनालगायत लोकप्रिय गायिका देविका बन्दनाको जिगु वैंश धाललगायतका धेरै गीत सिर्जना गरी सकेका संगीतकार शाक्यले संगीत विश्वव्यापी भाषा भएको मान्यताबमोजिम हिन्दी भाषामा गीत रेकर्ड गरिएको हो।

गीतको भिडियो पनि छिट्टै सार्वजनिक गरिने उनले बताए। भिडियोको प्रोमो भने सार्वजनिक भइसकेको छ।

मञ्जिल शाक्यको छायांकन र सम्पादन रहेको प्रोमोमा गायिका मनीषा पोखरेल, संगीतकार नील शाक्य र गीतकार प्रकाशदीप श्रेष्ठ देखिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button