खेल संसार

गाम्बिया पहिलो पटक अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

Thrill Factory
Rungta Group

गाम्बिया पहिलो पटक अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा गाम्बियाले गिनीलाई १–० ले पराजित गर्यो । खेल गिनीको मैदानमा भएको थियो ।

गाम्बियाको जितमा मुसा बारोले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका हुन् । यस्तै अन्तिम समयमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

८७ औं मिनेटमा युसुफा एनजीले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा समेटिएको थियो । यस्तै इन्जुरी समयमा गिनीका इब्राहिमा कोन्टेले रातो कार्ड पाएका थिए ।

जितसंगै गाम्बियाले अन्तिम आठमा क्यामरुनसँगको भेट पक्का गरेको छ । सोमबार राति नै भएको खेलमा क्यामरुनले कोमोरोसलाई घरेलु मैदानमा २–१ ले पराजित गर्यो ।

दुवै टोली बीचको क्वार्टरफाइनल खेल अब शनिबार हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button