अर्थ

व्यापार–व्यवसाय गर्दा यी सावधानी अपनाऔँ

कोरोना संक्रमण बढ्दो छ । तेस्रो लहर बढेसँगै व्यापार–व्यवसाय सञ्चालन गर्दा पनि निकै सावधानी अपनाउनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट आफू जोगिन र अरूलाई जोगाउन व्यापार–व्यवसाय गर्दा केही उपायहरू अपनाउन सुझाव दिएको छ ।

मास्क लगाइराख्ने र ग्राहकसँग भौतिक दूरी कायम गर्ने ।

कुनै सतह छोएपछि वा पैसाको लेनदेन गरेपछि स्यानिटाइजरको प्रयोग गर्ने वा साबुनपानीले हात सफा गर्ने ।

भिडभाड हुन नदिन भुइँमा रंगीन टेप, पेन्ट वा चकले गोलो घेरा वा संकेतहरू बनाउने ।

हातले धेरै छोड़ने सतहहरू र उपकरणहरू दैनिक निसंक्रमण गर्ने ।

हावा ओहोरदोहोर हुन दिन आफ्नो पसल, रेस्टुरेन्ट वा कार्यस्थलको ढोका, झ्याल र भेन्टिलेटर खुल्लै राख्ने ।

मानिस–मानिसबीचको सम्पर्क कम गर्न सम्भव भएसम्म अनलाइन भुक्तानी र होम डेलिभरीलाई प्राथमिकता दिने ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button