अन्तराष्ट्रिय
अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ ।



शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् ।



एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् ।



सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्तपालका एक अधिकारीले बताएका छन् ।