अर्थ

साढे ४६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले यही माघ महिनाभित्र ४६ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

जसका लागि अहिले नेपाल राष्ट बैंकको मौद्रिक व्यवस्थापन विभागले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले ट्रेजरी बिलमार्फत यही माघमा १७ अर्ब र विकास ऋणपत्र मार्फत द्द९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

आगामी १० माघमा २८ दिने ट्रेजरी बिलबाट ५ अर्ब रुपैयाँ, १७ माघमा ९१ दिने ट्रेजरी बिलबाट ५ अर्ब रुपैयाँ र आगामी २४ माघमा ९१ दिने ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ गरी १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button