No Image Headlineखबर फटाफटदेश

सोमवारसम्म मौसम बदली : चिसोबाट जोगिन अनुरोध

आगामी सोमवारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिवार, आइतवार र सोमवार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

विभागले चेतावनी तथा परामर्श जारी गदै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बाग्मती र प्रदेश नं १ का एक/  दुई स्थानमा हल्का वर्षाको संभावना रहेको बताएको छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button