कला/साहित्य
सरोगेसीमार्फत छोरीका मातापिता बने निक र प्रियंका जोनस

अमेरिकी संगीतकर्मी–अभिनेता निक जोनस र अभिनेत्री प्रियंका चोपडा जोनस मातापिता बनेका छन्। उनीहरुले सरोगेसीमार्फत पहिलो सन्तानका रुपमा छोरी प्राप्त गरेको पिपुल म्यागजिनले जनाएको छ।
निक र प्रियंकाकी छोरीको जन्म जनवरी १५ मा भएको हो। प्रियंकाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारीसमेत दिएकी छन्।


प्रियंकाले शुक्रबार इन्स्टाग्राममा लेखेकी छन्, ‘हामी यो घोषणा गर्न पाउँदा निकै खुसी र उत्साहित छौँ कि सरोगेसीमार्फत हामीले सन्तान प्राप्त गरेका छौँ। परिवारलाई प्राथमिकता दिइएको यो विशेष समयमा हामी गोपनियताका लागि आग्रह गर्दछौँ।’
३९ वर्षकी प्रियंका र २९ वर्षका निकबीच सन् २०१८ मा विवाह भएको थियो। भारतको जोधपुरमा उनीहरुको विवाह हिन्दू र इसाई परम्पराअनुसार भएको थियो।
बलिउँड हुँदै प्रियंका हाल हलिउडमा स्थापित भएकी छन्।