अन्तराष्ट्रिय

यमनमा साउदीको हवाई आक्रमण, ७० भन्दा बढीको मृत्यु

यमनको एक हिरासत केन्द्रमा साउदी नेतृत्व भएको गठबन्धको तर्फबाट गरिएको हवाई आक्रमणको संयुक्त राष्ट्रले विरोध गरेको छ । उक्त हवाई हमलामा ७० भन्दा बढी मारिएका छन् ।

हुती विद्रोहीको आन्दोलनको गढ मानिने सादाको हिरासत केन्द्रमा शुक्रबार हमला गरिएको हो ।

मृत्यु हुनेको सटिक आँकडा स्पष्ट छैन तर मेडिसिन्स साँ फ्रन्तिए (एमएसएफ) ले हमलामा कम्तीमा ७० जना मारिएको जानकारी दिएको छ । यद्यपि, यो संख्या थप बढ्न सक्ने आशंका छ ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले भने, ‘यस्ता खालका हमला रोक्न आवश्यक छ ।’ साथै उनले हमलाको अनुसन्धान गर्ने कुरामा पनि जोड दिएका छन् ।

साउदी अरबको नेतृत्व भएको गठबन्धनको सेना सन् २०१५ देखि हुती विद्रोहीसँग लडिरहेका छन् ।

यो युद्धमा १० हजारभन्दा बढी बालबालिकासहित दशौँ हजार नागरिक मारिए वा घाइते भएका छन् । लाखौँ विस्थापित भएका छन् र ठूलो जनसंख्या अकाल र भोकमरीको स्थितिमा छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button