No Image Headlineखबर फटाफटदेश

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा स्थगित (सूचनासहित)

Thrill Factory
Rungta Group

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन् ।

बिहीवार परीक्षा नियन्त्रण कार्यालयको बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

आइतवारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिइएको छ । यद्यपि, शुक्रवार र शनिवार हुने प्रवेश परीक्षा भने यथावत रहने छ ।

तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी त्रिविले गरेको थियो ।

ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रिविले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button