खेल संसार

इन्टर मिलान अन्तिम आठमा

Thrill Factory
Rungta Group

स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा इन्टर मिलानले बुधबार इम्पोलीलाई ३–२ ले पराजित गर्दै कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ ।

घरेलु मैदानको प्राप्त जितसँगै पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो पहिलो पटक हो ।

१३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले अग्रता लिएको थियो । ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काए ।

७६औ मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले २–१ को अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काए ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा सेन्सीले गरेको गोलमा इन्टरले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button