अन्तराष्ट्रिय

भारतमा एकै दिनमा ३ लाख १५ हजारमा संक्रमण

भारतमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन उच्च बिन्दुमा पुग्ने चरणमा रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार जना संक्रमित थपिएका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ८२ लाख १६ हजार पुगेको छ ।

यही अवधिमा २ लाख १३ जना संक्रमणमुक्त भएका छन् भने ४९३ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म निको हुनेको संख्या ३ करोड ५७ लाख ९६ हजार पुग्यो। मृतकको संख्या भने ४ लाख ८७ हजार ७१९ रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button