देशमुख्य खबर

बढ्दै कोरोना संक्रमणको ग्राफ : दैनिक संक्रमण २०/२२ हजारसम्म पुग्ने प्रक्षेपण

माघ तेस्रो हप्ताबाट संक्रमण दर ओरालो लाग्ने अनुमान   

Thrill Factory
Rungta Group

नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पाइएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत आइतवार भने ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४३५ जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार उक्त अवधिमा मुलुकका विभिन्न भागका अस्पताल तथा स्वास्थ्य केन्द्रमा कुल १४ हजार १४ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जना र ६ हजार ७३४ ओटा नमूनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा ५४७ जना संक्रमणमुक्त भएका छन् । यसैगरी सोही अवधिमा तीन जनाको मृत्यु भएको छ । हाल मुलुकभरमा ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार अझै एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघको दोस्रो साता उच्च विन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ ।

अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपासमा रहेको छ ।  यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले दैनिक २० २२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने प्रक्षेपण गरेका छन् ।

काठमाडौं उपत्यकामा झण्डै ४ हजार संक्रमित

काठमाडौं उपत्यकामा ३ हजार ९३९ संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौंमा २ हजार ९४३ जना, भक्तपुर  जिल्लामा २०१ जना र ललितपुर जिल्लामा ७९५ जना संक्रमित थपिएका छन्।

हाल काठमाडौं उपत्यकामा १९ हजार ३८७ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३ हजार ९८६ जना, ललितपुरमा ३ हजार ५५५ जना र भक्तपुरमा १ हजार ८४६ जना सक्रिय संक्रमित छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button