No Image Headlineअन्तराष्ट्रिय

डब्लूएचओले दियो कोरोना संक्रमितको उपचारमा थप २ ओटा औषधिलाई अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमितको उपचारमा थप दुई ओटा औषधिलाई अनुमति दिएको छ ।

डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब- इमडेभिमाबलाई संक्रमितहरुको उपचारमा प्रयोग गर्न हालै अनुमति दिएको हो ।

डब्लूएचओका विशेषज्ञ चिकित्सकहरुका अनुसार बाथ रोगमा समेत प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने छ ।

चिकित्सकहरुले उक्त औषधिले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरासमेत नियन्त्रण गर्ने दावी गरेका छन् ।

उनीहरुले यो औषधि बिरामीमा परीक्षण गर्दा बिरामीलाई थप असर गर्न रोकेको थियो । दुवै औषधिलाई एकैपटक सेवन गर्न भने नहुने चिकित्सकहरुले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button