यस्तो देश जहाँ अहिले सन् २०१४ चलिरहेको छ !

अंग्रेजी क्यालेन्डर अनुसार सन् २०२२ सुरु भैसकेको छ । तर संसारमा एउटा यस्तो देश छ जहाँ अहिले सन् २०१४ चलिरहेको छ ।
हो, अफ्रिकी मुलुक इथियोपियामा अहिले २०१४ साल चलिरहेको छ । सेप्टेम्बर ११ मा नयाँ वर्ष सुरु हुने इथियोपियाको क्यालेन्डर अंग्रेजी क्यालेन्डर भन्दा करीब पौने ८ वर्ष पछाडि छ ।


इथियोपिया संसारका अन्य देशहरुसँग धेरै विषयमा फरक छ । अरु देशमा १२ महिनाको १ वर्ष हुन्छ भने इथियोपियामा एक वर्षमा १३ महिना हुन्छन् । अरु महिना ३० दिनको हुँदा अन्तिम महिना चाहीँ ५र६ दिनको हुन्छ ।
सन् १५८२ मा ग्रेगोरियन क्यालेन्डर सुरु भएको थियो । त्यसअघि इथियोपियामा पनि जुलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । क्याथोलिक चर्च मान्ने देशहरुले ग्रेगोरियन क्यालेन्डर स्विकार गरे तर इथियोपिया लगायतका देशहरुले त्यसलाई स्वीकार गरेनन् ।
इथियोपियाका मानिसहरु अर्थोडक्स चर्चलाई मान्दछन् । इशापूर्व ७ मा यशुको जन्म भएको आधारमा त्यहाँको क्यालेन्डरको गणना हुन्छ । जबकि अन्य देशमा इश्वी सन् १ मा यशुको जन्म भएको मानिन्छ । त्यसैले अन्य देशमा २०२२ सुरु भैसक्दा इथियोपियामा चाहीँ सन् २०१४ चलिहेको छ ।
इथियोपियामा वर्षका १२ महिना ३० दिनका हुन्छन् भने अन्तिम अर्थात् तेह्रौँ महिना ५ वा ६ दिनको हुन्छ । जसलाई पाग्युमे भनिन्छ । वर्षमा गणना नआउने दिनहरुलाई जोडेर १३ औँ महिना बनाइएको हुन्छ ।