कला/साहित्य
प्रतापको ‘कफी क्रस’ बनिन् प्रियाना

गायक तथा संगीतकार अंकितबाबु अधिकारीको नयाँ गीत ‘कफी क्रस’ सार्वजनिक भएको छ । गीतमा अंकितै शब्द तथा संगीत छ । गीतमा सुमित विश्वकर्माको एरेञ्ज छ ।



भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय रहेको छ । क्याफेको वेटरको भूमिका अंकितबाबु आफैंले निभाएका छन् ।



अंकितबाबुले यसअघि ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’ सार्वजनिक गरिसकेका छन् । ‘ए–सिरिज’ नामक च्यानलबाट सार्वजनिक गरिएको भिडियोको निर्देशक नवीन भट्ट हुन् ।


