नोभाक जोकोभिकको अष्ट्रेलियाको भिसा फेरि रद्द

अष्ट्रेलिया सरकारले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकको भिसा पुनः रद्द गरेको छ । दोस्रो पटक भिसा रद्द भएपछि जोकोभिकलाई अष्ट्रेलियाबाट फिर्ता गरिने संभावना बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
शुक्रबार अष्ट्रेलिया सरकारले कोभिड(१९ को खोप नलगाएका जोकोभिकका कारण समुदायमा जोखिम बढ्न सक्ने भन्दै उनको भिसा रद्द गरेको हो । अध्यागमन मन्त्री एलेक्स हकले स्वविवेकको अधिकार प्रयोग गर्दै उनको भिसा रद्द गरेको अलजजिराले जनाएको छ ।


टेनिस प्रतियोगितामा सहभागी हुन अष्ट्रेलिया पुगेका जोकोभिकलाई खोप नलगाएको भन्दै यसअघि पनि विमानस्थलमै रोकेर उनको भिसा रद्द गरिएको थियो । लगत्तै उनले आफ्नो भिसा रद्द गर्ने निर्णयविरुद्ध पुनरावेदन दिएका दिए ।
न्यायाधीशले सोमबार जोकोभिकको भिसा रद्द गर्ने निर्णय उल्टाइदिएका थिए । लगत्तै उनलाई अध्यागमनको नियन्त्रणबाट मुक्त गरिएको थियो । तर भिसा दिने वा नदिने भनेर निर्णय नहुँदै उनलाई बिहीबार अष्ट्रेलियन ओपनको आधिकारिक ‘ड्र’मा समावेश गरेको थियो ।
सरकारले दोस्रो पटक भिसा रद्द गर्ने निर्णय गरेसँगै जोकोभिकलाई अष्ट्रेलियाबाट फिर्ता पठाइने ९डिपोर्टेसन० संभावना बढेको छ । तर उनका वकिलले पुनस् भिसा रद्द गर्ने निर्णयविरुद्ध अपिल गर्न सक्ने बताइएको छ ।