No Image Headlineदेशमुख्य खबर

वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

शुक्रवार सर्वदलीय बैठकमा आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

आयोगको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । ‘स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ भनेर आयोगले प्रस्ताव गरेको छ । यसबारे सरकारले छलफल गरेर टुंगोमा पुर्‍याउने छ,’ कांग्रेस केन्द्रीय सदस्य लेखकले भने, ‘आयोगले प्रस्ताव गरेको छ । यही तिथि मितिमा गर्ने कि के गर्ने भन्ने सरकारले निर्णय गर्ला ।’

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जेठ ५ गतेभित्र निर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्ने गरी स्थानीय तहको निर्वाचन गर्न अयोगलाई ध्यानाकर्षण गराएको बताए ।

‘वैशाख १४ र २२ गते चुनाव गर्ने आयोगको प्रस्तावलाई हामीले समर्थन गरेका छौं, जेठ ५ गते अगावै पदभार सम्हाल्ने गरी चुनाव हुनुपर्छ भनेका छौं,’ रिमालले भने ।

आयोगले गृहमन्त्री र महान्यायाधिवक्ता मार्फत चुनावको मिति सरकारलाई सिफारिश गरेको जानकारी गराएको थियो । रिमालका अनुसार चुनावका लागि १२० दिन आवश्यक हुने भए पनि १०० दिनमा पनि निर्वाचन गराउन तयार रहेको बताएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button