No Image Headlineदेश

एकै दिन थपिए २४४४ जना कोरोना संक्रमित, सक्रिय संक्रमित ९ हजार ५२२

नेपालमा विगत २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार अनुसार  उक्त अवधिमा पीसीआर र एन्टिजेन गरी कुल १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार ३८५ जनाको एन्जिेन परीक्षण गर्दा ४६३ जना गरी २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा एकजनाको मृत्‍यु भएको छ । त्यसैगरी सोही अवधिमा३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मंगलवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ  । त्यस्तै ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button