देश

नेपालीको चेतनामा परिवर्तन आएन: बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरु गम्भीर भए मुलुकको आर्थिक समृद्धिमा कुनै समस्या नहुने बताएका छन् ।

राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले गफ गरेर मात्र मुलुकमा समृद्धि नआउने भन्दै समृद्धिका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् ।

भट्टराईले विज्ञहरूसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सके मुलुक समृद्ध बन्न सक्ने धारणा राखे । उनले मुलुकको आर्थिक समस्या समाधानका लागि नीजि क्षेत्रको सवै निकायबीच साझेदारी हुनुपर्ने बताए । साथै उनले देशमा राजनीतिक परिवर्तन भए पनि नागरिकमा चेतना नआइसकेको समेत बताए ।

मुलुक औद्योगिक पूँजीवादी विकासको चरणमा नेपाल रहेको भन्दै उनले वित्तीय पूँजी, व्यापारिक पूँजी र औद्योगिक पूँजीबीचको सन्तुलन मिल्नुपर्ने उल्लेख गरे ।

साथै उनले विकासको बाधक संरचनालाई बदल्न गरेको क्रान्ति पूरा नभएका कारण नै समस्या भएको जिकिर गरे ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button