No Image Headlineखबर फटाफटदेश

आजको मौसम : तीन प्रदेशमा वर्षा, पहाड र हिमालमा हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हिमपात मंगलबारसम्म पश्चिम हुँदै पूर्वसम्म आइपुग्ने अनुमान छ ।

चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button