No Image Headlineदेशमुख्य खबर

प्रचण्डलाई कोरोना संक्रमण, नेताहरु संक्रमित भएपछि पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार बेलुकी गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। हाल उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएपछि परीक्षण गरिएको थियो। ‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराउदछौं।’ प्रचण्डको सचिवालयले भनेको छ।

यसअघि नेता नारायणकाजी श्रेष्ठ पनि संक्रमित भइसकेका छन् । पार्टीका केही नेताहरुलाई कोरोना संक्रमण भएको भन्दै पार्टीको बैठकसमेत स्थगित गरिएको थियो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button