No Image Headlineअर्थ

सातामा साढे ६ प्रतिशत बढीले बढ्यो नेप्से, औषत कारोबार कति ?

यो साता नेप्से परिसूचक साढे ६ प्रतिशत बढी बढेको छ । गत साता २५२४.५० विन्दुमा बन्द भएको नेप्से, यो साता ६.६५ प्रतिशत अर्थात १६७.९७ अंक बढेर २६९२.४७ विन्दुमा पुगेको हो ।

बजार खुलेको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन उकालो लागेसँगै नेप्सेले उक्त बराबरको अंकले बढेको हो । यो साता सेन्सेटिभ इण्डेक्स ७.४१ प्रतिशत अर्थात ३४.९२ अंक बढेर ५०६.१६ विन्दुमा पुगेको छ ।

साथै फ्लोट इण्डेक्स ७.१९ प्रतिशत अर्थात १२.४३ अंक बढेर १८५.४२ विन्दुमा पुगेको छ । त्यसैगरी, यस साता सेन्सेटिभ फ्लोट इण्डेक्स ८.५८ प्रतिशत अर्थात १३.०६ अंक बढेर १६५.२६ विन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेपनि यो साता दैनिक औषत कारोबार रकम भने गत साताको तुलनामा घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ४ अर्ब २५ करोडको मात्र शेयर कारोबार भएको छ । यो साता कारोबार रकम घटेपनि औषत कारोबार संख्या र औषत शेयर संख्या बढेको छ ।

यस साता दैनिक औषत कारोबार संख्या ०.६७ प्रतिशत बढेको छ भने औषत शेयर संख्या ८.९६ प्रतिशत बढेको छ

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button