No Image Headlineदेशमुख्य खबर

बढ्दै कोरोना महामारीको त्रास : सरकारको खोप लक्ष्य पूरा नहुने, कतिले लगाए पूर्ण खोप ?

Thrill Factory
Rungta Group

सरकारले यही पुस महिनाभित्र ६६ प्रतिशत लक्षित नागरिकलाई खोप दिने भनेर लिएको लक्ष्य पूरा नहुने देखिएको छ । ‘खोप अभियान’ सुस्त हुँदा लक्ष्य पूरा नहुने देखिएको हो ।

अहिलेसम्म ५५ प्रतिशत लक्षित नागरिकले मात्र पूर्ण खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार दैनिक एक लाखदेखि तीन लाखसम्मले खोप लगाइरहेका छन् ।

१८ वर्षमाथिका लक्षित जनसङ्ख्यामा सबैभन्दा बढी गण्डकी प्रदेशमा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो डोज र ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

अहिलेसम्म देशभर कुल जनसङ्ख्याको ३६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । कुल जनसङ्ख्याको ४० प्रतिशतले पूर्ण खोप लगाएपछि बुस्टर या अतिरिक्त खोप लगाउने सरकारको तयारी छ ।

सथै कोरोना संक्रमण बढेसँगै सरकार चनाखो बनेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् ।

उनले  बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए । यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस सङ्क्रमण शुक्रबार एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा सङ्क्रमणको तेस्रो लहर फैलिसकेको छ ।

तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सङ्क्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका हुन् । उनले सीमामा तेस्रो लहरको सङ्क्रमणको चुनौति रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button