No Image Headlineअर्थ

हवाईभाडा बसकै बराबरीमा : १६९५ मै सिमराबाट काठमाडौं, कुन ठाउँको कति ?

Thrill Factory
Rungta Group

पेट्रोलियम पदार्थको मुल्यवृद्धि र दशैं तिहार जस्ता चाडबाडका कारण महंगिएको हवाई भाडा पछिल्लो ३/४ महिना यताकै सबैभन्दा सस्तो भएको छ ।

अहिले हवाई भाडादर कतिपय ठाउँमा बस भाडाकै हाराहारीमा आएको छ भने सिमरा, जनकपुर लगायतका ठाउँमा त बसभाडा भन्दा पनि सस्तो भएको छ ।

शुक्रवार बिहान लिएको भाडादर अनुसार शनिवारका लागि सिमरा-काठमाडौं हवाई भाडा १ हजार ६९५ रुपैयाँ मात्रै छ । जनकपुर-काठमाडौं १ हजार ७५० रुपैयाँ,  पोखरा-काठमाडौं १ हजार ९९५ रुपैयाँ, चितवनबाट २ हजार ४०० रुपैयाँ मात्रै रहेको छ ।

त्यस्तै भैरहवाबाट काठमाडौं २ हजार ४९५ रुपैयाँ, भद्रपुरबाट २ हजार ६०० रुपैयाँ, विराटनगरबाट २ हजार ८०० रुपैयाँ, धनगढीबाट ३ हजार ४०० रुपैयाँ र नेपालगञ्जबाट ३ हजार ३९५ रुपैयाँ रहेको छ। बिहीवार ६ हजार ५०० रुपैयाँ रहेको सुर्खेत-काठमाडौं हवाई भाडादर भने शुक्रवार ७ हजार ५०० रुपैयाँ सम्म रहेको छ ।

किन सस्तीयो हवाई भाडा ?

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण विदेशी पर्यटकको आगमन प्रभावित भएको छ ।

आन्तरिक उडानमा पनि ठूलो हिस्सा ओगट्ने पर्यटक नभएपछि पर्यटकीय क्षेत्रका गन्तव्यमा हवाई भाडा निकै नै सस्तो भएको एयरलाइन्स कम्पनीहरुले बताएका छन् ।

विदेशी पर्यटक नहुँदा नेपालीहरुले मात्रै महँगो भाडादरमा यात्रा नगर्ने भएपछि कम्पनीहरुले बस भाडाकै मूल्यमा जहाज भाडा लिएर उडान भर्न थालेका हुन् ।

आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यति, सौर्य, गुण लगायतका एयरलाइन्स कम्पनीहरुले सार्वजनिक गरेको भाडादर सामान्य समयको भन्दा पनि कम रहेको छ ।

हाल धनगढी-काठमाण्डौ‌ चल्ने एसी बसको भाडा २ हजार ३५० रुपैयाँ छ । त्यहि रुटमा हवाई भाडा भने ३ हजार ४०० रुपैयाँ मात्रै छ ।

बसमा यात्रा गर्दा दुई दिन समय लाग्नुका साथै खाना र खाजा खाँदा ३ हजार देखि ३५०० कै हाराहारीमा खर्च भइहाल्छ । १ घण्टाको हवाई यात्रा पनि ३५०० रुपैयाँ भन्दा सस्तो भएपछि यात्रुहरुको रोजाइ हवाई यात्रा नै हुने एयरलाइन्स कम्पनीको अपेक्षा हो ।

त्यस्तै जनकपुर-काठमाण्डौ‌ बस भाडा १ हजार २०० रुपैयाँ छ भने, हवाई भाडा मात्र १ हजार ७५० रुपैयाँ रहेको छ। यो रुटमा त बसमा यात्रा गर्दा हुने खाना र खाजाको खर्च जोड्दा हवाई यात्रा नै सस्तो हुने देखिन्छ ।

यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौला यतिबेला वायुसेवा कम्पनीका लागि अफसिजन चलिरहेको बताउँछन् ।

अफसिजनमा यसैपनि यात्रुको चाप कम हुँदा भाडा घट्छ। यतिबेला त कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पनि सँगसँगै फैलिएकाले पर्यटक नै छैनन्। त्यसकारण हवाई भाडा निकै कम मूल्यमा आएको उनले बताए ।

अहिले धेरैजसो वायुसेवा कम्पनीले ठूला ठूला जहाजबाट मात्रै उडान गरिरहेकाले पनि भाडादर घटेको बर्तौलाले बताए ।

ठूला जहाजले उडान भर्दा अपरेटिङ कस्ट (सञ्चालन खर्च) समेत कम हुने हुनाले पनि भाडा दर सस्तियको उनको भनाई छ ।

कोभिडको कारण बिगतमा लामो समय थला परेका एयरलाईन्स कम्पनीहरुले नाफा भन्दा पनि सर्भाइभ हुन जोड दिएकोले भाडादर कम घटाएको एयरलाईन्स कम्पनीहरुले बताएका छन् ।

कोभिडको कारण विदेशी पर्यटकको चाप नभएको र यतिबेला सास्कृतिक कार्यक्रम पनि कम हुने हुँदा नेपाली यात्रु समेत कम भएकोले हवाई भाडा घटेको बुद्ध एयरका कम्युनीकेसन मेनेजर दीपेन्द्र कर्णले आर्थिक अभियानलाई बताए ।

हाल बसकै भाडादर सरह हवाई भाडादर घट्दा नेपाली पर्यटकबाटै करिव ९० प्रतिशत सम्म अकुपेन्सीमा हवाई उडान गरिरहेको कर्णले बताए ।

हाल अन्तरप्रदेश हवाई उडान गरिरहको बुद्ध एयरले पोखरा देखि सिमरा, धनगढी लगायतका स्थानमा समेत ९० प्रतिशतकै हाराहारी अकुपेन्सीमा दैनिक तथा साप्ताहिक उडान गरिरहेको पनि उनले जानकारी दिए । आर्थिक अभियान 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button