No Image Headlineअन्तराष्ट्रिय

विश्वभर २५ लाख कोरोना संक्रमित थपिए, कहाँ कति ?

Thrill Factory
Rungta Group

विश्वभर बिहीबार २५ लाख कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ६ हजार ८ सय भन्दा बढीको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा ७ लाख ५१ हजार ५१२ संक्रमित थपिएका छन् । २ हजार १९८ जनाको ज्यान गएको छ ।

फ्रान्समा २ लाख ६१ हजार ४८१ जना संक्रमित थपिँदा २०४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १९ हजार ४४१ जनालाई संक्रमण हुँदा १९८ जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ७९ हजार ७५६ जना संक्रमित थपिँदा २३१ जनाको ज्यान गएको छ ।

भारतमा १ लाख १४ हजार ४८४ जना संक्रमित थपिँदा ३५ जनाको ज्यान गएको छ । अर्जेन्टिनामा १ लाख ९ हजार ६०८ जना संक्रमित थपिँदा ४० जनाले ज्यान गुमाएका छन् ।

टर्कीमा ६८ हजार ४१३ जना संक्रमित थपिँदा १५६ जनाको मृत्यु भएको छ । जर्मनीमा ५६ हजार ७८७ जना संक्रमित थपिँदा ३०५ जनाको ज्यान गएको छ ।

त्यस्तै रुसमा १५ हजार ३१६ जना संक्रमित थपिएकामा मृतक भने बढी नै छन् । जहाँ ८०२ जनाको ज्यान गएको छ । पोल्याण्डमा १६ हजार ५७६ संक्रमित थपिएकामा ६४६ जनाको ज्यान गएको छ ।

क्यानडामा ३९ हजार ७५२ जना संक्रमित थपिँदा ५७ जनाको ज्यान गएको छ । भियतनाममा १६ हजार ४७२ संक्रमित थपिँदा १६९ जनाको ज्यान गएको छ ।

ग्रीसमा ३३ हजार ७११ संक्रमित थपिँदा ७० जनाको ज्यान गएको छ । हंगेरीमा ६ हजार ४५४ जना संक्रमित थपिँदा ८० जनाको ज्यान गएको छ ।

मेक्सिकोमा २० हजार ६२६ संक्रमित थपिएकामा ९४ जनाको ज्यान जाँदा युक्रेनमा ६ हजार ६३२ संक्रमित थपिँदा १८७ जनाले ज्यान गुमाएका छन् ।

भियतनाममा १६९, फिलिपिन्समा ८१, बुल्गेरियामा ७२, दक्षिण कोरियामा ४९ जनाको ज्यान गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button