अन्तराष्ट्रिय

सुडानका प्रधानमन्त्री हाम्दोकले दिए राजीनामा

सुडानका प्रधानमन्त्री अब्दुल्ला हाम्दोकले राजीनामा दिएका छन्। सेनासँग भएको विवादास्पद सम्झौतापछि सत्ता पुनःस्थापित भएको केही हप्तामै उनले राजीनामा दिएका हुन्।

गएको अक्टोबरमा सेनाले सत्ता हत्याएर हाम्दोकलाई घरमै बन्धक बनाएको थियो। तर ‘कू’ को नेतृत्व गरेका सेनाका अधिकारीसँग शक्ति बाँडफाँटको सम्झौतापछि हाम्दोक पुनः सत्तामा आएका थिए।

प्रदर्शनकारीले सम्झौता अस्वीकार गर्दै पूर्ण रुपमा नागरिक सर्वोच्चतासहितको राजनीतिक शासनको माग गरेका छन्।

प्रधानमन्त्री हाम्दोकले राजीनामा दिए पनि प्रदर्शन भने रोकिएको छैन। स्वास्थ्यकर्मीका अनुसार आइतबार कम्तीमा दुईजना प्रदर्शनकारीको ज्यान गएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button