कला/साहित्य

सुकेश भन्छन्– ज्याकलिनको प्रेममा थिएँ

Patanjali Nepal
Sweet Mart Food

दुई सय करोडको ठगीको आरोपमा तिहाड जेलमा रहेका सुकेश चन्द्रशेखरको बारेमा नयाँ नयाँ कुराको खुलासा भइरहेका छन् । यो मामलामा हालसम्म नोरा फतेही, ज्याकलिन फर्नान्डिज जस्ता स्टार मुछिएका छन् ।

यो मुद्धाको अनुसन्धानताका सुकेशले ज्याकलिनलाई कैयौं महंगो उपहार दिएको खुल्नमा आएको छ । सुकेशको दाबी अनुसार ज्याकलिनसँग उनको प्रेम सम्बन्ध थियो, त्यहीकारण उनले करोडौं मूल्यको उपहार दिएका थिए ।

सुकेशका वकिल अनन्त मलिकले एक विज्ञप्ती गरेका छन्, जुन विज्ञप्ती सुकेशले लेखेका हुन् । विज्ञप्तीमा सुकेशले आफूलाई महाठग भनिएको आपत्ति जनाएका छन् । उनले आफूसँग पैसा लिएका जेलका अधिकारीसँग अनुसन्धान किन नगरिएको भन्दै प्रश्न पनि गरेका छन् । उनले आफूलाई हालसम्म दोषी नठहराइएकोले अहिले नै ‘ठग’ भनिनु गलत भएको उल्लेख गरेका छन् ।

‘म ज्याकलिनसँग प्रेम सम्बन्धमा थिएँ र यहीकारण नै मैले अभिनेत्रीलाई उपहार दिएको हुँ । यो मामलामा कुनै पनि लेनदेनको विषय मेरो जीवनसँग जोडिएका कुरा हुन् । यो मामलामा ज्याकलिन निर्दोष छिन्’, उनले भनेका छन् ।

दुई सय करोड ठगीको विषय सार्वजनिक हुनासाथ प्रवर्तन निर्देशनालयले कैयौं पटक ज्याकलिनसँग सोधपुछ गरिसकेको छ । उनीहरुले सुकेशले ज्याकलिनलाई दिएको सम्पूर्ण उपहार जफत गर्ने तयारी पनि गरिरहेको छ । निर्देशनालयले ज्याकलिनलाई भारतबाहिर जान पनि रोक लगाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button