
काठमाडौंमा आज बिहान ३.८ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे ३.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
आज गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए ।


उनका अनुसार आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । “तराईमा हुस्सु र कुहिरो लागिरहेको छ । यो घाम लाग्दै जाँदा दिउँसोसम्म हट्नेछ,” मौसमविद् राजु भन्छन्, “आज पानी पर्ने सम्भावना छैन । काठमाडौंमा पनि आज मौसम सफा रहनेछ ।”
हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । केही स्थानमा हिमपात र तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसो बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले बताउँदै आएको छ ।