No Image Headlineदेश
कांग्रेसको १३५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको वरीयता तोकियो
देउवासँग पराजित डा. कोइराला २० औँ नम्बरमा

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको वरीयता तोकिएको छ ।
पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पहिलो वरीयतामा सभापतिमा शेरबहादुर देउवा छन् भने दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् ।


तेस्रो नम्बरमा उभापति धनराज गुरुङ हुँदा चौथो नम्बरमा महामन्त्री गगनकुमार थापा छन् । यस्तै पाँचौ नम्बरमा महामन्त्री विश्वप्रकाश शर्मा छन् ।
त्यसपछि सहमहामन्त्रीहरु छन् । केन्द्रीय सदस्यहरुमध्ये सबैभन्दामाथि गोपालमान श्रेष्ठ १५ औँ नम्बरमा छन् । देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइराला सुनील थापाभन्दा पछि २० औँ नम्बरमा छन् ।
१३५ सदस्यीय कार्यसमितिको अन्तिममा केन्द्रीय सदस्य भीम राना छन् ।