No Image Headlineअन्तराष्ट्रिय

ओमिक्रोनलाई निस्कृय पार्ने एन्टीबडी पत्ता लागेको वैज्ञानिकको दाबी

Thrill Factory
Rungta Group

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका बिरामीहरु ह्वात्तै बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ ।

पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्षेत्रलाई निशाना बनाउनेछ ।

विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको ओम्रिोनबाहेक भविष्यमा उत्पत्ति हुने नयाँ भेरियन्ट नियन्त्रणमा पनि उपयोगी हुने युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसियनका प्राध्यापक डेभिड भेस्लर बताउँछन् ।

नयाँ एन्टिबडीबारे गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ । अध्ययनले खोप निर्माण गर्न र एन्टिबडी उपचारमा सहयोग गर्ने वैज्ञानिकहरुले विश्वास गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button