यस्तो पनि

२०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति बने लुकासेन्को

बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को सन् २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति बनेका छन्।

अर्गनाइज्ड क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट ९ओसीसीआरपी०ले लुकासेन्कोलाई वर्षको सबैभन्दा भ्रष्ट व्यक्तिको रुपमा चुनेको हो।

ओसीसीआरपीका अनुसार अन्य फाइनालिस्टहरुमा अफगानिस्तानका पूर्वराष्ट्रपति असर्फ घानी, सिरियाका राष्ट्रपति बसर अल असद, टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र अष्ट्रियाका पूर्व चान्सलर सेबस्टाइन कुर्ज छन्।

संस्थाका अनुसार ६ पत्रकार र विशेषज्ञहरुको समूहले लुकासेन्कोलाई यस वर्षको सबैभन्दा भ्रष्ट व्यक्तिको उपाधि दिने निर्णय गरेको हो। संस्थाका अनुसार लुकासेन्कोमाथि आफ्ना निकटका मानिसलाई सरकारी पैसा बाँडेको आरोप छ।

उनीमाथि हजारौं शरणार्थीलाई लोभ्याएर युरोपेली मुलुकको सीमामा संकट उत्पन्न गरेको आरोप पनि छ। उनले कोरोना महामारीको गलत उपचार र त्यसबारे भ्रामक सूचना फैलाउन पनि सहयोग गरेका थिए।

६७ वर्षीय लुकासेन्कोले सन् १९९३ देखि बेलारुसमा शासन चलाइरहेका छन्। उनीमाथि आफ्ना आलोचकहरुलाई यातना दिने, प्रदर्शन गर्नेहरुलाई पक्राउ गरेर कुटपिट गर्ने गरेको आरोप छ। उनले आफैंलाई ‘बेलारुसको पिता’ घोषणा गरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button