No Image Headlineदेश

हिउँमा खुलेको चन्द्रागिरीको सुन्दरता, हेर्नुहोस् ५ तस्बिर

न्यूनचापीय वायुका कारण राजधानी उपत्यकालगायत देशैभर गएरातिदेखि वर्षा भइरहेको छ । वर्षाका कारण उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।

उपत्यकाको प्रमुख पर्यटकीय क्षेत्र तथा सबैभन्दा अग्लो स्थान चन्द्रागिरी डाँडामा पनि विहानैदेखि हिमपात भइरहेको छ । चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले पूरै ढाकिएको छ । हिउँ परेपछि त्यहाँ मनोरम दृश्य देखिएको छ ।

काठमाडौंकै सबैभन्दा अग्लो स्थान र केवलकारसमेत जोडिएकाले पछिल्ला केहि वर्षदेखि हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको आकर्षक गन्तव्य हुँदै आएको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button