No Image Headlineअन्तराष्ट्रिय

विश्वभर एकैदिनमा १२ लाख कोरोना संक्रमित थपिए

अमेरिकामा मात्रै ३ लाख

Thrill Factory
Rungta Group

विश्वभर पछिल्लो २४ घण्टामा करिब १२ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार ११ लाख ९० हजार २२९ जना संक्रमित थपिएका हुन् ।

थपिनेमा अमेरिकामा मात्रै करिब ३ लाख जनामा संक्रमण पुष्टि भएको छ । जहाँ २ लाख ९५ हजार ७०१ ज्नामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी फ्रान्समा एक लाख ७९ हजार, बेलायतमा एक लाख २९ हजार, स्पेनमा ९९ हजार, इटलीमा ७९ हजार संक्रमित पहिचान भएका हुन् ।

यही अवधिमा ६ लाख ५५ हजार १२ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ३८१ जना संक्रमितको मृत्यु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button